सल्यानको छत्रेश्वरीमा माओवादी त्यागेर पाँच जना एमालेमा प्रवेश, वडा अधिवेशन सम्पन्न

सल्यान, ६ असोज । संगठन निर्माणमा रहेको नेकपा एमाले सल्यानले जिल्लाका विभिन्न पालिकाहरुमा वडा अधिवेशन सञ्चालन गरिरहेको छ । यस क्रममा पार्टी प्रवेश गर्नेहरुको पनि लहर चलिरहेको एमाले सल्यानले जनाएको छ । यस क्रममा शनिबार छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ४ मा वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनको अवसरमा माओवादी पार्टी परित्याग गरेर ५ जना एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा कमला नेपाली, खुमा पुन, प्रेम महर, अमृता नेपाली र खुमा नेपाली रहेको एमाले छत्रेश्वरीका अध्यक्ष ज्ञान बहादुर खड्काले जानकारी दिए । यसैविच वडा अधिवेशनले गिर्दल खत्री अध्यक्ष रहेको २३ सदस्यीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा गणेश वली, सचिवमा सुरेश विक, उपसचिवमा अमर बहादुर खत्री र शारदा पुन मगर तथा अन्य सदस्यहरु रहेका छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई स्वागत र नवगठित वडा कमिटीलाई बधाइ दिदै नेकपा एमाले सल्यानका उपाध्यक्ष ओज बहादुर बुढाथोकीले हरेक इमान्दार पार्टी कार्यकर्ताको सहभागिता, शक्ति र दृढताले एमालेलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे । नवगठित वडा कमिटीलाइ बधाइ दिदै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष समेत रहेका बुढाथोकीले भने,  ‘तपाईहरुको मिहिनेत र संकल्पले वडा स्तरमा जनताको समस्यालाई समाधान गर्न, पार्टीको विचार र नीतिलाई जनस्तरसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्नेछ । हाम्रो पार्टीको बलियो आधार स्थानीयस्तरमा निर्माण हुने हो, र त्यसको शुरुवात वडा कमिटीबाट नै हुन्छ । त्यसैले तपाईहरुलाई आफ्नो जिम्मेवारी प्रति गम्भीर भई इमान्दारीपूर्वक काम गर्नको लागि म आग्रह गर्दछु ।’ कार्यक्रममा एमाले सल्यानका सचिवालय सदस्य नेव बहादुर खड्का, गाउँपालिका कमिटी अध्यक्ष ज्ञान बहादुर खड्का, जिल्ला कमिटी सदस्यहरु तुल्सा विक, टिकाराम विक लगाएतले बोल्दै पार्टीको नीति, सिद्धान्त र अनुशासनलाई आत्मसात गर्दै संगठनलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्