सल्यान,२७ साउन । आज श्रीकृष्ण जन्मआष्ट्मी श्रीकृष्ण भगवानको पूजा गरी मनाइएको छ।यस वर्ष कोरोनाका कारण भीडभाड नगर्ने भने पनि कोरोनाको प्रवाह नगरी ब्रत बस्ने र मठमन्दिर जाने र पूजा आराधाना गर्नेहरुको भने कम थिएन।देशका बिभिन्न मन्दिरहरुमा यो वर्ष घुईचो नभए पनि यसको प्रभाव आंमशिक रुपमा देख्न पाइन्थ्यो।त्यस्तै सल्यान स्थित शारदा नगरपालिका -१ श्रीनगरमा रहेको राधा कृषण मन्दिरमा पनि भक्तजनहरुको घुईचो रहेको थियो।