डोटी बस दुर्घटनामा ३ को मृत्यु ३१ घाइते

34

डोटी,२८ साउन। डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं.को बस बुधवार बिहान करिब ५:३० वजे दुर्घटना भएको हो ।

दुर्घटनामा परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।
बोहराका अनुसार दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको प्रहरी निरीक्षक वोहराले बताए । उनले घाइतेहरुमध्ये केहीको अवस्था गम्भिर रहेको समेत जानकारी दिए ।

उनले भने, ‘घाइतेहरुको उद्धार गरी अस्पताल पठाएका छौं, केहीको अवस्था गम्भिर देखिएको छ ।’घटनास्थलमा प्रहरी उपरीक्षक जनकराज पाण्डे नेतृत्वको प्रहरी टोली र स्थानीयवासी उद्धारका लागि खटिएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्