लायन्स क्लब छिन्चुद्वारा माक्स नलगाई हिड्नेलाई माक्स र सेनिटाईजर बितरण

0
0

बिनोद घिमेरे/सुर्खेत,२८ साउन ।बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ संक्रमण हुनबाट आफू बचौ अरुलाई नि संक्रमण हुनबाट बचाउ भन्ने हेतुले भेरिगङ्गा नगरपालिका १२ छिन्चु बजारमा माक्स नलगाई हिड्नेलाई लायन्स क्लब छिन्चुले माक्स दिदै हातमा सेनिटाईजर हाली लगाउन अनुरोध समेत गरेको छ ।

२७ गते मंगलबार लायन्स क्लब छिन्चुका अध्यक्ष पबित्रा खड्काको अध्यक्षता भएको सो कार्यक्रममा भेरिगङ्गा नगरपालिकाका उप९प्रमुख रेणु आचार्य,प्रथम अध्यक्ष प्रेम सिंह ठकुरी र दितिय अध्यक्ष बिद्या खत्री रहनु भएको थियो । तेस्तै डिस्टिक अफिसर अमर वली,उपेन्द्र गौतम र सीता शर्माको समेत उपस्थित रहेको थियो ।

Leave a Reply