सल्यान,२९ साउन ।सल्यानमा बाँदरको बिगबिगी बढेको छ ।सल्यान जिल्ला स्थित शारदा नगरपालिका १२ मा पर्ने कागखोला,तिमिले,डाँग्री र मुल्डाँडामा बिगत १० दिन यता बाँदरले किसानको मकैबाली सखाप पारेका हुन ।किसानले लगाएको दर्जनौ रोपनीमा लागइएको बालीमा बाँदरले क्षेति गरेका हुन ।
जेठ महिनाको दोस्रो साता तिर रोपेको मकै भर्खर पोलेर खाने भएको ले बाँदरले उक्त मकैमा बढि क्षति गरेको हुनसक्ने किसानको दुखेसो रहेको छ ।हामिले महँगो मकैको बिउ ल्याएर रोपेका हौँ ,मकैके मुल्य समेत नउठ्ने किसानको दुखेसो छ।सात जना बिभिन्न किसानको गरी सात हजार बढिको बिउ लगाएकोमा कतिपएको त पुरै बारीनै खाली छ ।
किसानहरुले बाँदरले मकै खान थालेपछि बचेका हरियो मकै पोलेर खानलाई मात्र भएपनि भाँचेको स्थानिय किसान भिमबहादुर चलाउनेले बताए ।उन्ले भने एकैै पटकमा एक सयभन्दा बढि बाँदर आउछन कहिले काँहि त छ,सात सय बाँदरले साताउदा बाँदर नियन्त्रणमा सास्या परेको किसानहरु बताउछन ।
बाँदरको यस्तो ज्यादति भएपछि अबका दिनमा मुख्य बाली नै नछिपिदै खाएपछि कतै भोकमारी पर्नेहोकि भन्ने पिरमा रहेको बताउछन ।आफुलाइृ यस्तो समस्या परेकोबेला स्थानिय निकाय वा कृषकसंग सरोकार राख्ने सरोकारवालाले बाँदर नियन्त्रणमा केहि सहयोग गरिदनेमा अशाबादि समेत रहेको किसानहरुको भनाईरहेको थियो ।