पछिल्लो २४ घण्टामा नेपालमा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं,१२ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १७०३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२३६ रहेको छ । हालसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा ५९९, ललितपुरमा १६०, मोरङमा १०९, झापामा ९६, रुपन्देहीमा ७०, भक्तपुरमा ६३, कास्कीमा ५४, दाङमा ४५, सुनसरीमा ३९, कैलालीमा ३७, काभ्रेमा २८, बाँकेमा २६, चितवनमा २५, बर्दियामा २३, मकवानपुरमा २१, पाल्पामा १७, नुवाकोटमा १६, तनहुँ र नवलपरासीमा १५र१५ संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कञ्चनपुरमा १२, धनुषा, कपिलवस्तु, गुल्मी र बैतडीमा ११र११, दोलखा, पर्वत र स्याङ्जामा १०र१०, पर्सा, सुनसरी, सिराहा र जुम्लामा ९र९, गोरखा, दैलेख, अछाम र बझाङमा ८र८, धादिङमा ७, बारा, सर्लाही, सिन्धुपाल्चोक, सल्यान र डडेल्धुरामा ६÷६ र लमजुङमा ५ जना संक्रमित भेटिएका छन् ।

महोत्तरी, सिन्धुली, नवलपरासी पूर्व, जाजरकोट र सुर्खेतमा ४र४, खोटाङ र प्युठानमा ३र३, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर, रौतहट, रोल्पा र मुगुमा २र२, इलाम, ओखलढुंगा, धनकुटा, संखुवासभा, रसुवा, अर्घाखाँची, रुकुमपश्चिम, डोटी र दार्चुलामा १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्